नियम
वन्यजन्तु वा पंक्षी शिकार गर्न र पंक्षी वा कीट किटाणुको फुल, गुँड वा गोला बिगार्न नहुने
ऐन अन्तर्गत इजाजतपत्र प्राप्त गरेकोमा बाहेक अन्य अवस्थामा संरक्षक भए संरक्षकको, संरक्षक नभए सहायक संरक्षकको र सो दुबै नभए नेपाल सरकारले तोकेको कुनै कर्मचारीको लिखित अनुमति प्राप्त नगरी कुनै पनि व्यक्तिले आरक्षभित्र कुनै पनि वन्यजन्तु वा पंक्षीलाई शिकार गर्न, लखेट्न वा तर्साउन वा कुनै पनि वन्यजन्तु, पंक्षी वा कीट किटाणुलाई मार्न, पक्रन वा चोट पटक पुर्‍याउन वा कुनै पनि पंक्षी वा कीट किटाणुको फुल, गुँड वा गोला हटाउन, बिगार्न वा खल्वल्याउन हुँदैन ।